ad ad

राजनीति


उपत्यकासहित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

उपत्यकासहित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

नेपालखबर
असोज १८, २०८१ शुक्रबार २२:८, काठमाडौँ

सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्ता क्षेत्र घोषणा गर्नका लागि सिफारिस गरेको थियो। 

लगत्तै साँझ बसेको मन्त्रिपरिषद् बैठकले बढी क्षति भएका जिल्लाका स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्‌मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .