ad ad

राजनीति


परराष्ट्रमन्त्री राणा १९ दिनपछि स्वदेशमा, भन्छिन्- जुन देश जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो

परराष्ट्रमन्त्री राणा १९ दिनपछि स्वदेशमा, भन्छिन्- जुन देश जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १८:५३, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विभिन्न मुलुकको भ्रमण गरी १९ दिनपछि स्वदेश फर्किएकी छन्।

मन्त्री राणा गत भदौ ३१ गते क्यानाडा प्रस्थान गरेकी थिइन्। क्यानाडाको टोरन्टोमा असोज ३ र ४ गते आयोजित महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेकी थिइन्।

अमेरिकाबाट फर्केर उनले कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन्।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको बताइन्।

भिडिओ :

‘कतारमा एसिएन कोअपरेटिभ डाइलग थियो। त्यसमा २ वटा इस्यु थियो। एउटा एआईकै इस्यु थियो। त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो। विश्व शान्ति, एसियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो। त्यहाँ स्पोर्टस् डिप्लोमेसीको कुरा पनि थियो। त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना छ। हामी त्यसमा लिडरसिप लिन सक्छौं भन्ने कुरा राखेर आएको छु,’ मन्त्री राणाको भनाइ थियो, ‘एउटा मलाई एकदमै राम्रो के लाग्यो भने जुनै देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो। नेपालको इमेज बढाउन, नेपालमा इन्भेस्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .