ad ad

राजनीति


पर्यटनमन्त्रीको प्रश्न- हवाई भाडा कसरी न्यायोचित बनाउने?

पर्यटनमन्त्रीको प्रश्न- हवाई भाडा कसरी न्यायोचित बनाउने?

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १५:४२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउने बताएका छन्।

हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरूले सरकारको आलोचना गरिरहेका बेला उनले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताएका हुन्।

नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताए।

‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरूमाथि चाप पनि परेको छ। नागरिक उड्डयनप्रति चाप पनि परेको छ। त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरु आएका छन्। यसलाई कसरी न्यायोचित बनाउने? कसरी यसलाई तर्कपूर्ण बनाउने? कसरी रिजनेबल बनाउने? भन्ने कुरामा मन्त्रालय सुरु नै दिनदेखि ११÷१२ गते ठूलो भीषण वर्षा भयो। हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरूलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर काम गरिरहेका छौँ,’ उनले भने।

उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताए। नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो।

‘अहिले पनि हामीले एयरपोर्ट संवद्ध टयाक्सी व्यवसायीहरूसँग पनि बसेर छलफल गरेका छौँ। राति प्लेन आउँछ। बिहानै प्लेन चढ्न आउनुपर्दछ। त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाइन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरूसँग पनि कुरा गरिरहेका छौँ। यात्रुहरूलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .