ad ad

राजनीति


प्रधानमन्त्रीको डिस्चार्जमा पूर्वानुमान नगरौँ : थापा

प्रधानमन्त्रीको डिस्चार्जमा पूर्वानुमान नगरौँ : थापा

नेपालखबर
फागुन २६, २०७६ सोमबार १०:४६,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको डिस्चार्जको मितिबारे पूर्वानुमान नगर्न मिडियाहरुलाई आग्रह गरेका छन्।

सोमबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा पत्रकारले डिस्चार्जबारे सोधेको प्रश्नको जवाफ दिँदै सल्लाहकार थापाले अनावश्यक हल्ला भन्दा आधिकारिकतामा ध्यान दिन आग्रह गरेका हुन्।

‘कतिपय मिडियाका साथीहरुले डिस्चार्जका बारेमा अलिबढी पूर्वानुमान गरिरहनुभएको छ, डिस्चार्जमा पूर्वानुमान नगर्नुहोस्’, उनले भने, ‘यो अस्पतालको आफ्नो कुरा हो, अस्पताल र चिकित्सकले डिस्चार्ज गर्न योग्य भनेर निक्र्यौल गरिसकेपछि त यहाँ एक घण्टा पनि बढी राख्ने कुरा हुँदैन।’

उनले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको पनि एकैदिन डिस्चार्ज हुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्।

मिगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र अहिले नियमित खानपान, हिँडडुल र व्यायमलाई निरन्तरता दिएको अस्पतालले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .