ad ad

राजनीति


चलिरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

चलिरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

नेपालखबर
असोज १२, २०८१ शनिबार १६:४९, काठमाडौँ

सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। शनिबार दिउँसो आकस्मिक रुपमा प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

‘अहिले सञ्चालन भइरहेको परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ’, गुरुङले भने।

साथै, उनले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको उनले बताए। 

देशभर अवरुद्ध भएका सडक सञ्जालहश खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको गुरुङले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .