प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफबीच अमेरिकामा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी शरिफ आज भेटवार्ता भएको हो।
भेटवार्तामा दुई देशबीचको मित्रता तथा आपसी हितका विषयमा छलफल भएको थियो।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क पुगेका हुन्।
27
Shares
प्रतिक्रिया