प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच शिष्टाचार भेटवार्ता भएको छ।
संयुक्त राष्ट्र संघको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीसँग भेट गर्न उच्चायुक्त भोल्कर राष्ट्र संघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा पुगेका थिए।
भेटमा द्वन्द्वपछिको नेपालको अवस्था, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा भोल्करले चासो राखेका थिए।
24
Shares
प्रतिक्रिया