ad ad

राजनीति


राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’ संवादमा प्रधानमन्त्री ओलीको अध्यक्षता

राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’ संवादमा प्रधानमन्त्री ओलीको अध्यक्षता

नेपालखबर
असोज ६, २०८१ आइतबार २१:३६, न्युयोर्क

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभाअन्तर्गत  एउटा सेसनको अध्यक्षता गरेका छन्।

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आइतबार साँझ आयोजित समिट अफ द फ्युचरको संवाद सत्रको अध्यक्षता गरेका हुन्।

समिटको उद्घाटन सत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्र संघको मुख्यालयस्थित ट्रस्टी काउन्सिलमा आयोजित संवाद सत्रको अध्यक्षता गरेका हुन्। उक्त कार्यक्रममा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखे।

राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले पनि महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओलीले आजै समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .