ad ad

राजनीति


प्रदेश संरचना हट्दैन, अझ उत्तरदायी र पारदर्शी बनाउनुपर्छ : देउवा

प्रदेश संरचना हट्दैन, अझ उत्तरदायी र पारदर्शी बनाउनुपर्छ : देउवा

नेपालखबर
असोज १, २०८१ मंगलबार १७:३९, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन्।

प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखेका हुन्।

पार्टीको कानून विभागले मंगलबार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए।

उनले भने, ‘केही कुरा अहिले यहाँ उठेको छ, साथीहरुले उठाउनुभएको छ। यो प्रदेश सरकारको सम्बन्धमा। प्रदेश सरकार, प्रदेश संरचना बनिसकेको छ। अब यो प्रदेश संरचना हटने कुरा छैन हेर्नुस। यो हटाउन सक्ने स्थिति पनि छैन। यसलाई कसरी अझ उत्तरदायी बनाउने, कसरी यसलाई अझ बढि एकाउन्टेबल बनाउनेदेखि लिएर सारा कुराहरुको सम्बन्धमा विचार गर्ने, सोच्ने र त्यो अनुरुप यसमा सुधार गर्ने कुराहरु हुन सक्दछ।’

प्रदेश संरचनालाई अझ उत्तरदायी, पारदर्शी, बनाउने सम्बन्धमा विचार गर्ने, सोच्ने र त्यो अनुरुप यसमा सुधार गर्नुपर्ने सभापति देउवाको भनाई थियो।

उनले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने धारणा राखे। महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लाग आवश्यक भएको सभापति देउवाले बताए।

उनले थपे, ‘जस्तो सधै कति समानुपातिकबाट ल्याउने? त्यो पनि समस्या छ हेर्नुस। अब कतिलाई समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ। आवश्यकता छ। कति समुदायलाई चुनाव आफै जित्न गाह्रो छ उहाँहरुलाई। त्यो स्थिति बनाउन समय लाग्दछ। जबसम्म त्यो स्थिति बन्दैन नेपालमा, तबसम्म समावेशी राजनीति आवश्यक छ।

उनले कांग्रेस एमालेले प्रजातन्त्रका लागि लडेको हुनाले उनीहरु कुनैपनि हालतमा प्रजातन्त्रको खिलापमा हुनै नसक्ने पनि दोहोर्याए।

उनले भने,‘ओलीजी प्रधानमन्त्री हुँदाखेरी उहाँले संविधान संशोधन गर्नसक्ने कुरा भन्नुभएको छ। त्यो फेरि प्रजातन्त्रको खिलापमा होइन फेरि। प्रजातन्त्रलाई अझ मजबुत बनाउने किसिमको संविधानमा सुधार हुने संशोधन हुने कुरा हुन सक्दछ। त्यसै अनुसार ठान्नु पर्दछ। त्यसैकारण हामीसँग प्रजातन्त्रको लागि लडेको पार्टी हो। ओलीजी स्वयं व्यक्तिगत रुपमा भन्ने हो भन्ने हो भने मैले जेलमा भेटेको पहिलो पटक मैले उहाँलाई सिधै। त्यसैले हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो। विद्यार्थी कालदेखि नै जेलनेल सबै कुराहरु भोगेका पार्टीहरु हौं। त्यसैले प्रजातन्त्रको खिलापमा कुनैपनि काम हुन सक्ने छैन।’

सभापति देउवाले सबै समुदायलाई राज्यको शासन प्रणालीमा अपनत्व महशुस गराउन पनि समावेशी सिद्धान्त मुलुकका लागि आवश्यक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .