ad ad

राजनीति


रास्वपा केन्द्रीय परिषद्‌को राष्ट्रिय भेला आजदेखि, देशभरबाट १५०० प्रतिनिधि काठमाडौँमा

रास्वपा केन्द्रीय परिषद्‌को राष्ट्रिय भेला आजदेखि, देशभरबाट १५०० प्रतिनिधि काठमाडौँमा

फाइल तस्बिर : रवि लामिछाने


नेपालखबर
असोज १, २०८१ मंगलबार ७:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्‌को राष्ट्रिय भेला आज (मंगलबार) सुरु हुँदै छ।

आज र भोलि काठमाडौैँको प्रज्ञा भवन (कमलादी) मा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै छन्।

राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने ९ बजे सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदै छ। 

रास्वपाका अनुसार आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ।

आजै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। 

सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ। 

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ।  

राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ।

पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .