ad ad

राजनीति


प्रदेश २ सरकार संघीय सरकारविरुद्ध अदालत जाने

प्रदेश २ सरकार संघीय सरकारविरुद्ध अदालत जाने

शैलेन्द्र महतो
फागुन २३, २०७६ शुक्रबार १३:३१,

प्रदेश २ सरकार संघीय सरकारविरुद्ध अदालत जाने भएको छ। संघीय सरकारले केही दिन अघि मात्र विरगञ्ज स्थित रहेको चिनी कारखानाको स्वामित्वमा रहेको जग्गा मध्ये ६ विघा बिक्री गर्ने निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने निर्णय गरेको हो।

शुक्रबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषदको बैठकले संघीय सरकार विरुद्ध अदालत जाने निर्णयसँगै सार्वजनिक जग्गा प्रदेश मातहत हस्तान्तरणको लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

संविधानले सार्वजनिक जग्गा प्रदेश मातहत हुने ग्यारेन्टी गरे पनि जग्गा हस्तान्तरणमा संघीय सरकार चासो नलिएपछि प्रदेश सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर जग्गा प्राप्तिको पहल थालेकाे छ।

यसै गरी प्रदेश सरकार कृषिसँग सम्बन्धित महत्वपूर्ण कार्यालयहरु संघ सरकारले आफ्नै मातहत राखेकोमा उक्त कार्यालयहरु समेत हस्तारणको लागि पहल गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .