ad ad

कला


वरिष्ठ साहित्यकार भट्ट अभिनन्दित

वरिष्ठ साहित्यकार भट्ट अभिनन्दित

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १३:१७,

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दित भएका छन्।

प्रगतिशील लेखक संघ मुख्य आयोजक र विभिन्न संघ/संस्थाहरू सहआयोजक रहनेगरी बनेको वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दन समारोह समितिको आयोजनामा शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले भट्टलाई अभिनन्दन गरे।

सो अवसरमा मन्त्री पोखरेलले पुरानो पुस्ताको योगदान गर्ने नेपाली समाजको संस्कृति अनुकरणीय रहेको बताए। साहित्यकार भट्ट विश्व विद्यालयमा राजनीतिकरणको विरुद्ध रहेको मन्त्री पोख्रेलको कथन थियो।

कार्यक्रममा साहित्यकार भट्टलाई प्रमुख मन्त्री पोख्रेलले उनकै उचाइ बराबरको धातुमा कुँदिएको पाँच फुट चार इन्च अग्लो अभिनन्दन पत्र प्रदान गरेका थिए। सो अवसरमा भट्टलाई साहित्यकार मोदनाथ प्रश्रितले दोसल्ला र बैरागी काइँलाले नेपाली टोपी प्रदान गरे।

कार्यक्रममा उनकी जीवन सँगिनी सुशीला भट्टलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दोसल्ला ओढाई सम्मान गरेका थिए भने अभिनन्दित दुवैलाई सबै सहआयोजकका प्रतिनिधिले फूल दिएर सम्मान प्रकट गरेका थिए।

 अभिनन्दनपछि नेकपा (मसाल) को संस्कृति विभागका रामप्रकाश पुरीले नयाँ पुस्ताले आनन्ददेव भट्टको बाटो पछ्याउने बताए। यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्कृति विभागका सदस्य तथा जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले प्रलेस र अन्य संस्थाले प्रगतिवादी श्रष्टालाई सम्मान गरेर राम्रो कामको सुरुवात गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .