ad ad

राजनीति


भ्रष्टाचार न्युनिकरणमा अझ सशक्त रुपमा अघि बढ्नुस् : राष्ट्रपति पौडेल

भ्रष्टाचार न्युनिकरणमा अझ सशक्त रुपमा अघि बढ्नुस् : राष्ट्रपति पौडेल

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १४:२२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्त्वपूर्ण रहेको बताएका छन्।

आइतबार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने बताए।

‘सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्त्वपूर्ण हुन्छ। यसका लागि आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक छ,’ उनले भने।

आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको बताउँदै राष्ट्रपति पौडेलले आयोगले प्रतिवेदनमा उल्लेख गरेका भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय रहेको जिकिर गरे।

‘आयोगले प्रतिवेदनमा उल्लेख गरेका र माननीय प्रमुख आयुक्तले उल्लेख गर्नुभएको भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय छन्। अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने देखिन्छ। आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना दिन्छु। प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .