ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक सोमबार बोलाइयो

सत्ता गठबन्धनको बैठक सोमबार बोलाइयो

नेपालखबर
भदौ २३, २०८१ आइतबार २३:७, काठमाडौँ

सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बस्ने भएको छ। 

सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्। यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन्।

आइतबार मात्र कांग्रेस र एमालेले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने सहमति गरेका छन्।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र  प्रवक्ता प्रकाशरण महत रहनेछन्। यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल हुने भएका छन्।

आइतबार ओलीलाई भेट्न देउवा परराष्ट्रमन्त्री डा आरजु राणा र गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए। अपरान्ह ४ बजेदेखि ६ बजेसम्म छलफल भएको थियो। छलफलमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए।

कांग्रेस प्रवक्ता महतका अनुसार छिट्टै साझा कार्यक्रम ल्याउनेगरी कार्यदलले काम गर्नेछ।

असार १७ गते  मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो। असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .