ad ad

राजनीति


राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तले गरे शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तले गरे शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरू।


नेपालखबर
भदौ २०, २०८१ बिहिबार ११:५७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनका लागि नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले बिहीबार (आज) शिष्टचार भेट गरेका छन्। 

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरू।

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमा जनताको पहुँच र स्वामित्व  यसैबाट स्थापित हुने धारणा राखे। उनले राज्यमा जनताको पहुँच र स्वामित्व स्थापित गर्न निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए।

सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए। 

उनले भने, ‘समग्र  दक्षिण  एसिया क्षेत्रमा  स्वच्छ, पारदर्शीर विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन रसुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरूको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु।’

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाका साझा उद्देश्य प्राप्त गर्न र चुनौतीविरुद्ध सामूहिक रूपमा सामना गर्न आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिबद्ध रहने बताए। 

सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२औँ सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सो अवसरमा भारत, पाकिस्तान, बंगलादेश, मालदिभ्सलगायत सार्क मुलुकका निर्वाचन कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .