ad ad

समाज


तीजको दरखाने दिन आज

तीजको दरखाने दिन आज

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०८१ बिहिबार १२:२२, काठमाडौँ

आज तीजको दरखाने दिन। भोलि परेको यसवर्षको हरितालिका अर्थात् तीजको व्रत बस्ने महिलाले आज साँझ दर खाँदैछन्। 

विशेषगरी हिन्दू नेपाली नारीले मनाउने महत्त्वपूर्ण पर्व तीजको अघिल्लो दिन खाने मिठोमसिनो खानालाई दर भन्ने प्रचलन छ। तीजको अघिल्लो दिन माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि विगत केही वर्षयता एक महिनाभन्दा अघिदेखि नै दरखाने प्रचलन सुरु भएको छ। 

तीजको व्रत निराहार बस्ने परंपरा रहेकाले अघिल्लो रात बर्तालुले मीठामीठा र आडिला परिकार दरका रुपमा खाने गर्छन्। विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने परंपरा छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधानरहेको धर्मशास्त्रविद् बताउँछन्।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले तीजमा पोख्ने गरेका छन्।

तर, पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढ्दै गएको गुनासो पनि सुनिन थालेको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको आरोप पनि लाग्न थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .