ad ad

राजनीति


संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ थालियो

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ थालियो

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८१ आइतबार १३:१८, काठमाडौँ

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजबाट सुरु गरेको छ। अहिले सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा केहीबेरदेखि प्रस्तावित राजदूतसँग सुनुवाइ गरिरहेको हो।

गत शुक्रबार समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो। 

सुनुवाइ समितिकी सदस्य ईश्वरी घर्तीले आजबाट प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने जानकारी दिइन्। 

समितिको मंगलबार बसेको बैठकले पारित गरेको कार्ययोजनाअनुसार भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा समितिले राजदूतहरूको सुनुवाइ सक्नेछ। 

सांसद घर्तीकाअनुसार आज प्रस्तावित १७ मध्ये चार राजदूतसँग छलफल हुँदैछ। आजको बैठकमा चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतसँग छलफल गर्ने तयारी छ। 

सरकारले गएको साउन १४ गते १८ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले प्रस्ताव गरेका १७ राजदूतको संसदीय सुनुवाइ भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .