ad ad

राजनीति


कांग्रेस र कम्युनिष्टको शासनकालमा देश बर्बाद भयो : अध्यक्ष यादव

कांग्रेस र कम्युनिष्टको शासनकालमा देश बर्बाद भयो : अध्यक्ष यादव

नेपालखबर
भदौ १५, २०८१ शनिबार १८:५०, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने टिप्पणी गरेका छन्। जसपा, नेपालको आधार संगठन निर्माण अभियान अन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप समेत लगाए।

बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको भन्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा पनि उनीहरू नै जिम्मे्वार रहेको जिकिर गरे।

‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन्,’ यादवले भने, ‘अहिले पनि दलित समुदायको साथमा न्याय भएको छैन। अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन। अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ। अहिले पनि संघीय प्रणालीमा सुशासन छैन। मधेसको भूमिमा मधेसीकै शासन र प्रशासन हुनुपर्छ।’

अर्को प्रसंगमा अध्यक्ष यादवले मधेसले प्राप्त गरेको उपलब्धि मात्र नभई देश नै संकटमा फस्ने खतरा समेत रहेको दाबी गरे। साना दलहरुलाई समाप्त पार्ने हिसावले देशमा समानुपातिक प्रणाली हटाउने षड्यन्त्र चलिरहेको यादवको अरोप छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .