राजनीति


रास्वपा सांसद पराजुलीको प्रश्न– टुँडिखेलमा नाराबाजी गर्नेलाई कुन कानुनले पक्राउ गरेको?

रास्वपा सांसद पराजुलीको प्रश्न– टुँडिखेलमा नाराबाजी गर्नेलाई कुन कानुनले पक्राउ गरेको?

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १३:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले टुँडिखेलमा नाराबाजी गर्ने युवाहरूलाई कुन कानुन अनुसार पक्राउ गरिएको भन्दै प्रश्न गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद पराजुलीले आफ्नो पार्टी अराजकताको पक्षधर नभएको भन्दै सरकारले युवाहरू पक्राउ गरेर दमन गरेको दाबी गरे। 

‘बेरोजगारी, कुशासन, बेथिति र भ्रष्टाचारबाट आक्रान्त जनताले मौलिक हकको उपयोग गर्दै आक्रोश पोख्दा दुई तिहाईको दममा सरकारले युवालाई झुटा आरोप लगाएर दमन गर्दै गिरफ्तारी गर्दैछ भन्ने सुन्नमा आयो। यद्यपि, रास्वपा अराजकताको पक्षधर होइन। तर, रास्वपा यस्तो दमनको घोर भत्र्सना गर्न चाहन्छ,’ सांसद पराजुलीले प्रश्न गरे। 

साथै, उनले कुन कानुले युवाहरूलाई पक्राउ गरेको र त्यसको औचित्य के हो? भन्दै प्रश्न गरेका छन्। 

‘सरकारलाई सोध्न चाहन्छ, खबरदारी गर्ने युवालाई कुन कानुन अनुसार गिरफ्तारी गरेको हो? र त्यो कानुनको औचित्य के हो? सरकारले प्रष्ट पारिदिनुपर्यो,’ सांसद पराजुलीले भने।

टुँडिखेलमा सोमबार (भदौ १०) दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवक पक्राउ परेका थिए। 

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए।

युवाहरूले नेताहरूप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका थिए। युवाहरूको उक्त शैलीप्रति ओली र देउवा दुवैले सम्बोधनको क्रममा आपत्ति जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad