ad ad

राजनीति


एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १३:११, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षकै अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वाचित भएका हुन्। 

पार्टी प्रवक्ता समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले बस्नेतको उम्मेदवारी फिर्ता भएसँगै पाण्डे निर्विरोध निर्वाचित भएको जानकारी दिए। 

‘घनेन्द्रजीले उम्मेदवारी फिर्ता लिनुभएको छ,’ खतिवडाले नेपालखबरसँग भने, ‘राजेन्द्रजी वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।’

पार्टीको निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने सार्वजनिक गरिसकेको छैन। अन्य केहीले पनि उम्मेदवारी फिर्ता गरिरहेका कारणले केहीबेरपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा निर्वाचन समिति छ।

अध्यक्ष, सम्मानित नेता र महासचिव पदमा यसअघि नै सर्वसम्मतीमा क्रमशः माधव कुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल निर्वाचित भएकसकेका छन्।

पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि निर्वाचन हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .