ad ad

खेल


साफ यू-२० च्याम्पियनसिपको फाइनल आज, नेपाल र बंगलादेश भिड्दै

साफ यू-२० च्याम्पियनसिपको फाइनल आज, नेपाल र बंगलादेश भिड्दै

नेपालखबर
भदौ १२, २०८१ बुधबार ८:३, काठमाडौँ

घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने बताए पनि मैदान खराब भएकाले एन्फा कम्प्लेक्स मैदानमै हुने भएको हो। 

सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो। समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो। 

समूह उपविजेता बंगलादेशले साविक विजेता भारतलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

सन् २०१७ मा भएको साफ यू-१८ को उपाधि जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन।

अत: यसपटक घरेलु मैदानमा बंगलादेशलाई हराएर नेपाल उपाधिको नयाँ इतिहास रच्न चाहन्छ।

तर बलियो टोली भारतलाई हराएको बंगलादेश नेपालका लागि सहज छैन।

सिनियर होस् वा उमेर समूह, नेपालका लागि पछिल्लो समय दक्षिण एसियामा एक समय कमजोर मानिने टोली पनि चुनौती बनिरहेका छन्। 

त्यसैले आजको फाइनल प्रतिस्पर्धामा नेपाली युवा टोली फिनिसिङ लाइनमा देखिएको कमजोरी सुधार्दै जित्ने रणनीतिका साथ मैदानमा उत्रन जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .