राजनीति


स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
भदौ १०, २०८१ सोमबार १३:४८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन्।

सोमबार काठमाडौँमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको उनको भनाइ थियो। 

‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर पनि मैले यो भन्नुपर्छ। खासगरी समस्याको पहिचान नगरी समाधान हुँदैन। रोगको पहिचान नगरीकन त्यसको उपचार हुन सक्दैन,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘अस्पतालहरूमध्येमा प्रसुती अलि अगाडि, अलि व्यवस्थित छ। यसको स्वास्थ्य सेवा एकदमै प्रभावकारी रुपमा छ भनेर मैले खुशी पार्ने नाउँमा त्यस्तो भन्दिनँ। तर तुलनात्मक रुपमा यो अलि अगाडि छ, यसले पूर्णता पाउन जरुरी छ।’

अस्पतालहरूमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको मन्त्री पोडेलले बताए। 

‘अहिलेको साधन स्रोतभित्र यो खालको उपलब्धि जुन भएको छ, यसैमा सन्तुष्टि लिने स्थिति छैन। साधनश्रोत बढाउने स्थिति छैन, जनशक्ति बढाउने स्थिति छैन,’ मन्त्री पौडेलले भने, ‘उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ। अस्पतालमा अझ बढी समय दिनुस् भनेर अनुरोध गर्न खोजेको हो। नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति एकदमै सिमति छ, हाम्रो जनशक्ति थोरै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad