राजनीति


यो सरकारले रोटी र भात खान्छ, घुस खाँदैन: प्रधानमन्त्री

यो सरकारले रोटी र भात खान्छ, घुस खाँदैन: प्रधानमन्त्री

नेपालखबर
भदौ १०, २०८१ सोमबार ११:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। 

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भातर रोटी खाने तर घुस नखाने बताएका हुन्।

‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले भात-रोटी खान्छ, घुस- पैसा खाँदैन।’

उनले अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश नदिने ओलीले बताए। 

उनले सरकारले कसैलाई फसा भनेरसमेत नभन्ने बताए। राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप भएकाे उनकाे भनाइ छ। ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भातऔरोटी खान्छ, घुस, पैसा खाँदैन।’

उनले प्रहरी काम गर्न पूर्ण स्वतन्त्रता रहेको बताए। उनले भने, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ।’

उनले घुमुवा प्रहरी राख्ने पुरानै शैलीबाट कुनै उपलब्धि नहुनेमा जाेड दिए।  ‘यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ, स्रोत, साधनले सम्पन्न बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ’ ओलीले भने, ‘अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad