सुन र चाँदी दुवैको मूल्य घटेको छ।
सोमबार सुन सय रुपैयाँ र चाँदी १० रुपैयाँ सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन १ लाख ५२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ८ सय ४० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भएको जनाएको छ।
आइतबार सुन १ लाख ५२ हजार ४ सय र चाँदी १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५१० र चाँदी २९.७१ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
630
Shares

प्रतिक्रिया