ad ad

राजनीति


महिलाले पीडाबाट मुक्ति पाउन तीज मनाएको जस्तो लाग्छ : माधव नेपाल

महिलाले पीडाबाट मुक्ति पाउन तीज मनाएको जस्तो लाग्छ : माधव नेपाल

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १८:३८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरू व्याप्त रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा तीज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको उल्लेख गरे। 

‘अहिले नेपाली समाज र राजनीतिक जगतहरुमा थुप्रै विकृति, विसंगतिहरू विद्यमान छन्। त्यसले प्रत्येक परिवारलाई निकै ठूलो समस्यामा पारिरहेको छ। प्रत्येक परिवारका आफ्ना आफ्ना पीडा र वेदनाहरू छन्। त्यसमा पनि आर्थिक रुपमा विभिन्न भएकाहरु, सामाजिक रुपमा अपहेलित भएकाहरू, महिला समुदायहरू झनै ज्यादा पीडाहरू भोगिरहेका छन्। पीडाबाट मुक्ति पाउनका लागि भएपनि एक दिन यो तीज मनाएको हो की भन्ने लाग्छ,’ नेपालले भने।

सामाजिक रुपमा अपहेलित भएका, महिला समुदायहरू यसबाट झनै बढी पीडामा परेको उनले बताए। विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार हुने गरेको उनको भनाइ थियो। 

त्यस्ता विकृतिलाई परिवर्तन गर्नुपर्ने बताउँदै उनले देशमा उत्पादन नबढ्नु, रोजगारी नहुनुले विभिन्न समस्या सिर्जना भइरहेको पनि बताए। 

‘कमसेकम एक दिन त आनन्दले गाउन र नाच्न पाए हुन्थ्यो भनेर हो की। हाम्रो समाजमा पुराना संस्कारहरू जिउँदै छन्। पुराना संस्कारले गाँजेकै छ। विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ। हामी त्यसका विरुद्धमा छौँ। त्यसको सुरुवात पनि गर्नुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .