ad ad

समाज


तनहुँ दुर्घटनाका मृतकको पोखरामा पोस्टमार्टम हुने

तनहुँ दुर्घटनाका मृतकको पोखरामा पोस्टमार्टम हुने

दुर्घटनाको शव पुर्‍याएपछि आँबुखैरेनी अस्पतालमा लागेको भिड


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १८:५३, काठमाडौँ

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेर मृत्यु भएका भारतीय नागरिकहरूको शव पोस्टमार्टमका लागि पोखरा लगिने भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्तलाई शव बुझाउने तयारी थालिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेपालखबरलाई जानकारी दिए। 

पोस्टमार्टमका लागि आवश्यक जनशक्ति आँबुखैरेनीमा पर्याप्त नभएपछि पोखरा पठाउन लागिएको पनि उनले बताए। 

‘यहाँ डाक्टर पनि कम छन्। यति धेरै शव एकजनाबाट पोस्टमार्टम हुन नसक्ने भएपछि पोखरा लान लागिएको हो,’ उनले भने। 

उनले आजै बेलुकी सबै शवहरू पोखरा पुर्‍याइने जानकारी दिए। पोखरा पु¥याएर ती शवहरू आफन्तलाई जिम्मा लगाइने सीडीओ गौतमले बताए। 

मृत्यु भएका २७ मध्ये २६ जनाको शव आँबुखैरेनी अस्पतालमा राखिएको छ। १ जनाको भने उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएकोे थियो। 

उक्त शव पोस्टमार्टमबारे चितवन प्रहरीले तनहुँ प्रशासनसँग समन्वय गरिरहेको छ। 

चितवका एसपी भावेष रिमालका अनुसार तनहुँ प्रशासनले दिएको निर्देशन अनुसार उक्त शव पोखरा पठाइने वा के गर्ने भन्नेबारे निर्णय लिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .