ad ad

राजनीति


विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना

विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १६:३३, काठमाडौँ

सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आ।व। २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ।

२०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको जानकारी गराएका हुन्।

त्यस्तै सरकारले २०८१ भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तान मा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

प्रवक्ता गुरुङकाअनुसार यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
२०८१ भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तान मा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने।

नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।

राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा डा। खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने।

२०८१ कात्तिक २२ देखि २४ सम्म कोलम्बियाको बोगोटामा आयोजना हुने फस्र्ट ग्लोवल मिनिस्टिरियल अन इन्डिङ भायोलेन्स एगेनिस्ट चिल्ड्रेनमा सहभागी हुन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिव ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।

२०८१ भदौ २७ र २८ मा ब्राजिलमा आयोजना हुने वान प्लानेट नेटवर्क फोरम, २०२४ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने।

सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्नेगरी हटाउने।

विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आ।व। २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने।

सरकारले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्नेगरी हटाउने निर्णय गरेको पनि प्रवक्ता गुरुङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .