राजनीति


राजनीतिक दलले जनताका अधिकार अपहरण गरेका छन् : वामदेव

राजनीतिक दलले जनताका अधिकार अपहरण गरेका छन् : वामदेव

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १८:१८, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदव गौतमले शीर्ष नेताहरूका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताए। उनले जहाँ पनि कम्युनिष्ट—कांग्रेस मिल्न आवश्यक नरहेको बताए। उनले राजनीतिक दलहरूले जनताको अधिकार अपहरण गरेको बताए। उनले नागरिकको मानसिक शोषण गर्ने अधिकार कसैलाई नरहेको पनि बताए।

उनले भने, ‘अध्यक्षज्यूमार्फत म सरकारमा रहेका पार्टीका नेताहरुलाई भन्न चाहन्छु, नेपाल अगाडि बढाउने हो भने यो फोहोरी राजनीति समाप्त गर्नुस्। कांग्रेस र कम्युनिष्ट मिल्नैपर्छ? जसबेला मिल्नुपर्ने थियो, त्यसबेला हामी मिल्यौँ। निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ। संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ।’

उनले थपे, ‘निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ। चुनाव घोषणापत्र छुट्टा छुट्टै ल्याएको छ। जनताले कसरी जाँच्ने? भोलि फेरि निर्वाचन हुँदा जनताले आफ्नो उम्मेदवार कसरी निर्वाचित गर्ने? जनताको अधिकार यसरी अपहरण गर्न पाइन्छ? जनताको मानसिक शोषण यसरी गर्न पाइन्छ? पाइँदैन।’

सांसद गौतमले शासन आफ्नो हातमा लिन जे पनि गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad