राजनीति


सर्वसाधारणका लागि धरहरा खुला गर्ने सरकारको तयारी

सर्वसाधारणका लागि धरहरा खुला गर्ने सरकारको तयारी

नेपालखबर
भदौ ५, २०८१ बुधबार १२:३२, काठमाडौँ

सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पत्रकारहरुसँगको छलफलका क्रममा सो कुराको जानकारी गराए। 

धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने उनले बताए। 

‘संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ। जुन तपाईंहरूले अपेक्षा गर्नुभएको छ। यो नयाँ सहररूको बारेमा के हुँदैछ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने।

संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरू मिलेर सरकार बनेकाले नयाँ सहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने उनको भनाइ थियो। 

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए। 

‘संसदको भवन जुन छ, त्यसमा पनि म आउँदा कति प्रगति भएको छ भनेर सोधेँ। ८२ प्रतिशत त प्रगति भइसकेको छ। ८२ प्रतिशत प्रगति भएर के गर्नु? त्यहाँ गएर पाल्र्यामेण्ट चलाउन सकिँदैन,’ उनले भने, ‘ठेक्का लिएकाहरुले पनि समयसीमामा त बनाइसक्नुपर्छ नि। फोहोरमैलाकोमा पनि उपत्यका मेयर फोरमसँग पनि कुरा पटक पटक गरिसकेको छु। सबैले प्रयोग गर्ने तर जिम्मा कोही नलिने भन्ने भइरहेको छ।’

निर्देशिका बनाएर फोहोरमैला के गर्ने भन्ने तयारी गरिरहेको पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad