राजनीति


परराष्ट्रमन्त्री राणाको भारतीय विदेशमन्त्रीसँग भेटवार्ता

परराष्ट्रमन्त्री राणाको भारतीय विदेशमन्त्रीसँग भेटवार्ता

नेपालखबर
भदौ ३, २०८१ सोमबार १२:४५, काठमाडौँ

भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन्।

उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो। भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता नेपालको तर्फबाट भारतमा यो पहिलो उच्च स्तरीय भ्रमण हो।

समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गरेपछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad