राजनीति


परराष्ट्रमन्त्री राणा भारतमा

परराष्ट्रमन्त्री राणा भारतमा

नेपालखबर
भदौ २, २०८१ आइतबार १४:४, काठमाडौँ

भारतको पाँच दिने औपचारिक भ्रमण गएकी परराष्ट्र मन्त्री डा आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छिन्। उनलाई भारतीय विदेश मन्त्रालयका अधिकारीले इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा राणा आइतबार बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेकी थिइन्।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने बताइएको छ।


परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो। परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ

नयाँ दिल्लीमा स्वागत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad