राजनीति


आजपाले बोलायो केन्द्रीय कमिटी बैठक, जनआन्दोलनको रणनीति तय हुने

आजपाले बोलायो केन्द्रीय कमिटी बैठक, जनआन्दोलनको रणनीति तय हुने

नेपालखबर
भदौ १, २०८१ शनिबार १७:०, काठमाडौँ

आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। आउँदो भदौ ११ र १२ गते काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्दैछ। 

बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुने बताइएको छ।

दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेस गर्ने पार्टी प्रचार विभागले बताएको छ।

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए।

बैठकले अब हुने आन्दोलन सशक्त र कडा बनाउँने योजना सहित अगाडी बढ्ने बताए। बैठकमा सोही विषयमा केन्द्रीत भएर गम्भिर छलफल हुने उनले बताए।

बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुने बताइएको छ।

आजपा महासचिव साहका अनुसार, भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ।

साथै यी आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडी बढाउने भन्ने बारेमा पनि छलफल हुने उनले बताए। 

यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुने उनले बताए। 

आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउन नसकेकोमा बाध्य भएर आन्दोलनमा जानुपर्ने बताए। 

तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समिक्षा गर्दै अगाडी बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने प्रवक्ता साहले जनाएका छन्।

नेताहरूलाई आन्दोलनको विभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad