राजनीति


प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १९:२८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस पिन्जले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई देशबीच ६६ वर्षदेखि हुुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको हो।

जर्मनी नेपालको एक ठूलो र पुरानो विकास र व्यापारको साझेदार मुलुक हो। प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार पनि व्यक्त गरे।

भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad