ad ad

राजनीति


भदौ ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

भदौ ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

नेपालखबर
साउन ३०, २०८१ बुधबार २०:७, काठमाडौँ

प्रतिनिधि सभाको आगामी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर हुने भएको छ।

सभामुख देवराज घिमिरेले बुधबार प्रतिनिधि सभाको बैठक सकिएपछि आगामी बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम निर्धारण गरिएको जानकारी दिएका हुन्।

प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्ने गरी बोलाइएको छ।

प्रश्नोत्तरका लागि सदहरूले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रूपमा दिन पनि सभामुख घिमिरेले आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .