राजनीति


संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको स्वाभाविक चासोको ख्याल गरिनुपर्छ: लामिछाने

संक्रमणकालीन न्यायमा हाम्रो सधै सकरात्मक सहयोग हुनेछ
संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको स्वाभाविक चासोको ख्याल गरिनुपर्छ: लामिछाने

नेपालखबर
साउन ३०, २०८१ बुधबार १५:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको स्वभाविक साचो र चिन्तालाई  सम्बोधन गर्नुपर्ने बताएका छन्।

‘संक्रमणकालीन न्याय आन्तरिक मामिला हुँदाहुँदै पनि द्वन्द्व र मानवअधिकारसँग जोडिएका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय हो,’ उनले भने, ‘हामीले टुंग्याएको मुद्दामा अन्तर्राष्ट्रियरुपमा प्रश्न नउठ्ने परिस्थिति गराउन र उनीहरूको स्वभाविक चिन्ता र चासोको पनि ख्याल गरिनुपर्छ।’ 

लामिछानेले न्याय निरुपण गर्दा अविलम्ब गर्ने प्रक्रिया पारदर्शी र पीडितमैत्री भएन भने अन्तर्राष्ट्रिय जगतले निरन्तर प्रश्न गरिरहने समेत बताए। बिगतमा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारबाटै प्रयाप्त सहयोग प्राप्त गर्न नसकिएको गुनासो गरेको भन्दै अझैं पनि शंका उब्जिने तर्क गरे।

‘अबको आयोगले पनि त्यही नियति भोग्ने पो हो कि ?,’ लामिछानेले भने, ‘बिगतले शंकाको आधार प्रशस्त दिएको छ। त्यसतर्फ अलिहे नै सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’ 

उनले संक्रमणकालीन न्याय प्रक्रियामा आफ्नो पार्टीको पनि सकरात्मक सहयोग हुने तर छड्के किनाराको साँची चाहिँ नबन्ने बताए।

‘संक्रमणकालीन न्यायमा हाम्रो सधै सकरात्मक सहयोग हुनेछ,’ लामिछानेले भने, ‘सहयोग गर्छौं भन्नुको अर्थ फट्के किनाराको साँची बस्छौं चाहिँ भनेको होइन। यो सम्मानित सदनको चौथो शक्ति हुनुको दायित्व र कर्तव्य हामीलाई थाहा छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad