ad ad

राजनीति


स्वास्थ्य बिमा सबैलाई ५ लाख दिने भनेका होइनौँ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बिमा सबैलाई ५ लाख दिने भनेका होइनौँ : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
साउन ३०, २०८१ बुधबार १५:३४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताएका छन्।

स्वास्थ्यमन्त्री पौडेलले बुधवार कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेवाको शुभराम्भ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले स्वास्थ्य बिमामा राज्यका विभिन्न निकायहरूले दिएका स्वास्थ्य बिमा सम्बन्धी सुविधाहरूलाई स्वास्थ्य बिमासँग एकीकृत प्रणालीमा ल्याउन जरुरी रहेको बताए।

उनले सरकारले स्वास्थ्य बिमालाई थप व्यवस्थित गर्नसके मात्रै स्वास्थ्य सुविधाहरुलाई सहज,सरल र प्रभावकारी बनाउन सकिने बताए। उनले सरकारले युनिभर्सल कभरेजको रुपमा स्वास्थ्य बिमाको व्यवस्था गर्न खोजेको स्पष्ट पारे।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाका लागि गरेको प्रस्तावमा व्यापक टिकाटिप्पणी भइरहेको भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य बिमा ५ लाख दिने नभनेको स्पष्ट पारे।

उनले भने,‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाका लागि गरेको प्रश्तावमा व्यापक टिकाटिप्पणी भइरहेको छ। सकारात्मक र नकारात्मक पनि भएको छ। एक लाख दिन नसक्नेले ५ लाख दिन्छु भन्यो भन्दै टिप्पणीहरू आइरहेको अवस्था छ। स्वास्थ्य मन्त्रालयले सबैलाई ५ लाख दिने भनेको होइन।’

स्वास्थ्यमन्त्री पौडेलले सरकारले बनाएको ८ वटा नसर्ने रोगहरूको सूचीअनुसार नसर्ने क्रोनिक रोग लागेका बिरामीहरूलाई कम्तिमा ५ लाख दिने प्रस्ताव गरिएको बताए। उनले सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै स्वास्थ्य उपचार गरिने दाबी गरे।

उनले राज्यले सुर्तिजन्य र मदिराजन्य पदार्थमा लिएको करको आधा हिस्सा स्वास्थ्य बिमालाई दिनुपर्नेमा जोड दिए। उनले प्रदेश र स्थानीय तहले स्वास्थ्य सेवा दिने खर्च,सञ्चय कोषबाट दिने बिमा र सामाजिक सुरक्षा कोषबाट दिने स्वास्थ्य बिमा लगायत सबैलाई स्वास्थ्य बिमामा ल्याएर जोड्नसके वार्षिक स्वास्थ्य बिमामा लाग्ने ९ अर्ब ४५ अर्बको हाराहारीमा पुग्नसक्ने बताए।

स्वास्थ्यमन्त्री पौडेलले सरकारले एक लाख रुपैयाँ दिने भनेर बनाएका रोगहरूको सुविधा पनि बीमामा ल्याएर जोड्नुपर्ने बताए। विपन्न,आमा सुरक्षा कार्यक्रमलाई पनि स्वास्थ्य बिमासँग जोड्नुपर्ने उनको भनाई थियो।

राज्यले सुर्तिजन्य र मदिराजन्य पदार्थमा लिएको करको आधा हिस्सा स्वास्थ्य बिमालाई दिनुपर्नेमा जोड दिए। उनले प्रदेश र स्थानीय तहले स्वास्थ्य सेवा दिने खर्च,सञ्चय कोषबाट दिने बिमा र सामाजिक सुरक्षा कोषबाट दिने स्वास्थ्य बिमा लगायत सबैलाई स्वास्थ्य बिमामा ल्याएर जोड्नसके वार्षिक स्वास्थ्य बिमामा लाग्ने ९ अर्ब ४५ अर्बको हाराहारीमा पुग्नसक्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .