ad ad

राजनीति


रास्वपाले सातै प्रदेशमा र राष्ट्रिय तहमा भेला गर्ने

रास्वपाले सातै प्रदेशमा र राष्ट्रिय तहमा भेला गर्ने

नेपालखबर
साउन ३०, २०८१ बुधबार १४:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सातैवटै प्रदेश र राष्ट्रिय तहमा भेला गर्ने भएको छ।

बुधबार (साउन ३० गते) केन्द्रीय कार्यालय,  वनस्थलीमा बसेको पार्टी सचिवालयको बैठकले यो निर्णय गरेको हो।

बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले दिएको जानकारी अनुसार, २०८१ असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने र त्यसअघि सातै प्रदेशमा भेला गर्ने निर्णय भएको छ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र बन्द शिविरका दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब-लिडरसिप एकेडेमी) मा छलफल गरिने झाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .