ad ad

राजनीति


टीआरसी विधेयक : आयोगलाई काम गर्न सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता

टीआरसी विधेयक : आयोगलाई काम गर्न सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता

नेपालखबर
साउन ३०, २०८१ बुधबार १३:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोगलाई काम गर्न सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। 

संसदमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुवै सदनबाट टीआरसी विधेयक पास भइसकेपछि दुईवटा आयोग बन्ने र आयोगलाई काम गर्न सरकारको तर्फबाट पूरा सहयोग रहने बताएका हुन्। 

सहमतिमै दुवै आयोग बन्ने र ती आयोगहरू प्रभावकारी हुने बन्दै ओलीले सबै राजनीतिक दलको तर्फबाट पनि सहयोग हुने विश्वास व्यक्त गरे । 
ओलीले भने, ‘यो ऐन बनिसकेपछि यसअन्तर्गत हामी आयोगहरू निर्माण गर्नेछौँ। आयोगलाई काम गर्न एक त यस कानुनले अनुकूलता प्रदान गरेको छ। अर्को, सरकारको तर्फबाट म भन्न चाहन्छु, त्यसलाई सरकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ र मैले विश्वास लिएको छु, सबै राजनीतिक दलहरूको तर्फबाट पनि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग यी दुवै प्रश्नमा सही निष्कर्षका साथ हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दुनियाँलाई दिन हामी सफल हुनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .