ad ad

राजनीति


माओवादी स्थायी समितिमा आइतबार १४ जना बोले, प्रचण्डले सुनिरहे

माओवादी स्थायी समितिमा आइतबार १४ जना बोले, प्रचण्डले सुनिरहे

नेपालखबर
साउन २७, २०८१ आइतबार १८:१९, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा १४ जना सदस्यले आफ्ना कुरा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए। 

उनका अनुसार आइतबारको बैठकमा, कमला रोका, पम्फा भुसाल, उर्मिला अर्याल, शक्ति बस्नेत, शशि श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णकुमारी सुवेदी, कालिबहादुर मल्ल, महेश्वर गहतराज, प्रल्हाद बुढाथोकी, हकिकुल्ला खान, जयपुरी घर्ती र जोख बहादुर महराले धारणा राखेका थिए। 

‘स्थायी समितिका सदस्यले कुरा राख्नुभएको छ,’ उपाध्यक्ष सापकोटाले भने, ‘हिजो र आज उहाँ(प्रचण्ड) ले अरुका कुरा सुन्नुमात्रै भएको छ।’

प्रवक्ता सापकोटाले नेतृत्वको विषयमा सैद्धान्तिक कुरा भएको पनि बताए।

‘बैठक चल्दै जाँदा बैठक जीवन्त र घनीभूत भइरहेको छ। सबैले आत्मसाथ गर्दै छलफल चलाइएको छ,’ उनले भने। 

पार्टीको अबको नीति र कार्यक्रममै बढी छलफल भएको पनि उनले बताए। ‘स्थानीय तहलाई आधार बनाएर समाजवाद ल्याउनुपर्छ,’ बैठकमा अधिकांश सदस्यले राखेको भनाइको संक्षेप सापकोटाले सुनाए। 

‘नेतृत्वको विषयमा सैद्धान्तिक कुरा भएको छ। वैचारिक रुपमा, सांगठानिक रुपमा, विधिवत रुपमा त्यसको तयारी गर्नुपर्छ भन्नुभएको छ, अहिले उठ्दै गरेको कुरालाई उहाँले ध्यानपूर्वक सुन्नुभएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .