ad ad

राजनीति


हायात होटेलले तारागाउँ विकास समितिको जग्गा हडप्न खोज्यो : माधव नेपाल

हायात होटेलले तारागाउँ विकास समितिको जग्गा हडप्न खोज्यो : माधव नेपाल

नेपालखबर
साउन २७, २०८१ आइतबार १५:११, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले हायात होटेलले तरागाउँ विकास समितिको जग्गा हडप्न खोजेको आरोप लगाएका छन्। 

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो जग्गा लिजमा लिने क्रममा ठूलो घोटाला भएको हुन सक्ने बताए। 

‘बौद्धमा रहेको जग्गाको बारेमा, त्यो हायात हाेटलले लिन चाहिराखेको छ, भनौँ हडप्न खोजेको छ। एकलौटी बनाउन खोजेको छ। राज्यको सेयर घटाउँदै घटाउँदै लिएर गइराखेको छ। २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘मुनाफा कति भइराखेको छ? राज्यलाई देखाउने कति गरिएको छ? राज्यले कति लाभांश पाउने गरेको छ?  यी कुराहरू पनि छन्।’

साथै, उनले विवाद टुंगो लगाउने गरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरे। 

‘यी सबै कुरालाई ध्यान राख्नुपर्ने आवश्यकता एकातिर छ भने अहिले आएको १५० रोपनी जग्गाको कुराको सन्दर्भमा सरकारकै दृष्टिकोण के हो त? तारा गाउँ विकास समितिसँग सबै रिपोर्ट लिएर सरकारले सोसम्बन्धी धारणा बनाओस्। मन्त्रालयले के प्रस्ताव राख्न खोजिराखेको छ, त्यो पनि ल्याओस्,’ नेपालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .