ad ad

राजनीति


यस्तो छ भारतीय विदेश सचिवको भ्रमण तालिका, राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

यस्तो छ भारतीय विदेश सचिवको भ्रमण तालिका, राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

नेपाल भ्रमणमा भारतीय विदेश सचिव। तस्बिर: भारतीय दूतावास


नेपालखबर
साउन २७, २०८१ आइतबार १२:३३, काठमाडौँ

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। 

आइतबार बिहान आइपुगेका उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिस्री पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्।

यस्तो छ भ्रमण तालिका
उनी विमानस्थलबाट सिधै भारतीय दूतावास लैनचौर पुगेका छन्। त्यसपछि मिस्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने तालिका रहेको छ। 

उनले २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ।


मिश्रीले आजै  उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ।

आज बेलुकी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र सचिव मिस्रीको सम्मानमा रात्रीभोज अयोजना गर्ने कार्यक्रम रहेको छ। 

भोलि (सोमबार) बिहान ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

त्यसपछि बेलुका नै उनी भारत फर्कने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .