ad ad

राजनीति


काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री

काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री

नेपालखबर
साउन २७, २०८१ आइतबार १०:५३, काठमाडौँ

भारतका विदेश सचिव विक्रम मिश्री आज (आइतबार) नेपाल भ्रमणमा आएका छन्। 

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री केही बेरअघि काठमाडौँ आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन्। 

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुक भ्रमण गर्ने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन्। 

मिश्री यही असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा कुराकानी गर्ने कार्यक्रम छ।

विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ।

उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .