राजनीति


जलवायु परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यकः परराष्ट्रमन्त्री ज्ञवाली

जलवायु परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यकः परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखबर
असार १८, २०७६ बुधबार ६:१०,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको डालियानमा आयोजित १३औँ विश्व आर्थिक मञ्चलाई सम्बोधन गरेका छन्। मंगलबार आयोजित मञ्चको वार्षिक बैठक कार्यक्रमको ‘जलवायु परिवर्तनः आउँदो आर्थिक संकट’ विषयक सत्रमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जलवायु परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका हुन्।

उनले विश्वको वातावरणीय प्रणालीलाई जोगाउन नेपालका पहाड, नदीनाला र वनहरुले महत्वपूर्ण भूमिका खेलेको बताए। सत्रलाई सम्बोधन गर्दै उनले नेपालको कार्बन उत्सर्जन नगन्य भएको बताए। जलवायु परिवर्तनसँग जुध्न प्रविधिको पहुँच सहज बनाउनुपर्ने उनले बताए। 

चीनका प्रधानमन्त्री लि किक्वाङ र प्राध्यापक तथा विश्व आर्थिक मञ्चका प्रमुख क्लाउस शवावले सम्बोधन गरेको कार्यक्रममा पनि परराष्ट्रमन्त्री सहभागी भएका थिए। त्यसबाहेक मञ्चको दिवासत्रमा आयोजित ‘भूराजनीतिक बदलाव’ सेसनलाई पनि सम्बोधन गरेका थिए। सो क्रममा पेनालिष्टको रुपमा बोल्दै उनले विश्वमा बढिरहेको भूराजनीतिक जटिलता र अनिश्चिततातर्फ संकेत गर्दै उनले विश्वका देशहरुबीच बहुपक्षीय हित र विश्वास हुनुपर्ने बताए।

सत्रलाई सम्बोधन गर्दै उनले विश्वमा गहिरो सम्बन्ध विकास गर्दै विश्वमा शान्ति र सहकार्य बढाउनुपर्ने उनको आग्रह थियो। सो क्रममा विश्वमा सृजना भइरहेका ठूला र गहिरा समस्याको समाधान सम्झौतामा आधारित सम्बन्धबाट भन्दा त्यसको प्रभाव र क्षेत्र हेरेर कानुनसंगत रुपमा अन्तर्राष्ट्रिय आधारमा समाधान गर्नुपर्ने बताए। यसले विश्वमा शान्ति, सौहार्द र सहकार्यको प्रवद्र्धन गर्ने उनको भनाइ छ।

सो क्रममा मन्त्री ज्ञवालीले मञ्चका अध्यष बोर्गे ब्रेन्डेसँग भेटवार्ता गरेका थिए। उनले नेपाल मञ्चसँग मिलेर अनुसन्धान र क्षमता निर्माणमा थप सहकार्य गर्न तयार रहेको बारे बोर्गेलाई जानकारी गराएका थिए। कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad