ad ad

राजनीति


समृद्ध देश बनाउन भ्रष्टाचार भयानक तगारो हो : प्रधानमन्त्री ओली

समृद्ध देश बनाउन भ्रष्टाचार भयानक तगारो हो : प्रधानमन्त्री ओली

नेपालखबर
साउन २२, २०८१ मंगलबार १५:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश बनाउन भ्रष्टाचार एउटा भयानक तगारो रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल पार्न सरकार प्रतिबद्ध रहेको दाबी पनि गरे।

‘समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने दिशामा हामी अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘यसमा एउटा भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो। भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार कटिबद्ध छ।’

ओलीले कसैलाई पनि भ्रष्टाचार गर्न नदिने दाबी गरे। उनले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको समेत बताए। ओलीले भने, ‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ। भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिता साथ सुशासन कायम गर्न सक्छौँ। यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रुपमा प्रस्तुत हुने समेत दाबी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .