ad ad

राजनीति


विपद्‍बाट प्रभावितका लागि अस्थायी आवास निर्माण अनुदान कार्यविधि स्वीकृत

विपद्‍बाट प्रभावितका लागि अस्थायी आवास निर्माण अनुदान कार्यविधि स्वीकृत

नेपालखबर
साउन २१, २०८१ सोमबार १९:१६, काठमाडौँ

सरकारले विपद्‍बाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न अनुदान कार्यविधि स्वीकृत गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औं बैठकले विपद्‍बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ स्वीकृत गरेको हो।

कार्यकारी समितिका अध्यक्ष तथा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले सो कार्यविधि स्वीकृत गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।

बैठकले भत्किएका र बाढीले क्षति पुर्याएका तटबन्धहरू तत्काल मर्मतसम्भारको लागि उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत अगाडि बढाउने निर्णय पनि गरेको छ।  

साथै, डेङ्गु, झाडापखाला र हैजाजस्ता मनसुनसँगै महामारीजन्य रोगको प्रकोप बढ्न सक्ने सम्भावनालाई ख्याल गर्दै ती रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालय मार्फत तत्कालै आवश्यक कार्य अगाडि बढाउन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .