नवनियुक्त तीन प्रदेश प्रमुखको शपथ बिहीबार साँझ हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीनै प्रदेश प्रमुखलाई बिहीबार साँझ ५ बजे शीतलनिवासमा गराउने कार्यतालिका तय भएको छ। शपथ समारोहका लागि नवनियुक्त प्रदेश प्रमुखहरूका साथै अन्य विशिष्ट पदाधिकारीलाई पनि निम्ता गरिएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिसमा राष्ट्रपतिले बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त गरेका छन्।
राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख हटाइए, नयाँ नियुक्त
बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी पठाउन लागेको हो।
सरकारले माओवादी र नेकपा एकीकृत समाजवादीनिकट प्रदेश प्रमुख हटाएर एमाले र कांग्रेसनिकटलाई सिफारिस गरेको हो।
Shares
प्रतिक्रिया