ad ad

राजनीति


प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा सहिद होइनन्ः नेकपा

प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा सहिद होइनन्ः नेकपा

नेपालखबर
फागुन १८, २०७६ आइतबार १४:३१,

आइतबार राजधानीको राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा आफ्नो पार्टी समर्थक नरहेको नेकपा, जुम्लाले जनाएको छ।

रतन विप्लव समूहको गतिविधिमा लागेको र प्रहरीले पटक पटक खोजी गरेको पनि नेकपाले दाबी गरेको छ।

नेकपा (जुम्ला) का अध्यक्ष विरबहादुर कुँवरले विज्ञप्ति प्रकाशित गरी रतनका वुवा मुन जनयुद्धमा सहिद नभएको पनि दाबी गरेका छन्।

प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएपछि सञ्चारमाध्यममा उनका बुवा मुन जनयुद्धका सहिद रहेको भन्ने समाचार आएको थियो। नेकपाले जारी गरेको विज्ञप्तिमा ‘जति निन्दा गरेपनि नपुग्ने उक्त अराजनैतिक, उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला सिंजा निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थक सम्म नभएको’ उल्लेख छ।

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवालाई प्रहरीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको छ।

यस्ताे छ विज्ञप्ति:

press-release-nekapa.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .