ad ad

राजनीति


प्रचण्डको भाषण चित्त नबुझेकाले जुत्ता हानेँ: रतन तिरुवा

प्रचण्डको भाषण चित्त नबुझेकाले जुत्ता हानेँ: रतन तिरुवा

नेपालखबर
फागुन १८, २०७६ आइतबार ११:१५,

आइतबार राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाले आफूलाई प्रचण्डको भाषण चित्त नबुझेको बताएका छन्।

जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनलाई सिंहदरबार वृत्तमा राखिएको छ।

‘प्रचण्डको भाषण चित्त बुझेन। त्यसैले जुत्ता हानेँ,’ रतनको भनाइ उधृत गर्दै प्रहरी स्रोतले बतायो।

उनले आफु द्वन्द्वपीडित रहेको दाबी प्रहरी समक्ष गरेका छन्। रतनका बुबा मोहन तिरुवा जनयुद्धमा राज्य पक्षबाट मारिएको प्रहरीले जनाए पनि नेकपाले भने सहिदको सूचीमा मोहनको नाम नरहेकाले त्यो दाबी गलत भएको जनाएको छ।

रतनले फेसबुक परिचय खण्डमा आफूलाई सर्वहारा वर्गको पक्षधरका रुपमा चिनाएका छन्।

‘जबसम्म सामन्तवादी,र पुँजीवादी दुष्टहरुको अन्त्य हुँदैन, तबसम्म सर्वहारा वर्गकोअधिनायकत्व प्राप्त हुँदैन,’ उनले परिचय खण्डमा लेखेका छन्।

उनले फेसबुकको कभर फोटोमा पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर राखेका छन्।

उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीमा आबद्ध रहेको प्रहरीको भनाइ छ।

याे पनि: 
युद्धमा बुबा गुमाएका युवाले हाने प्रचण्डलाई जुत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .