ad ad

राजनीति


मुख्यमन्त्री सोडारीले प्रदेशसभा बैठकमा सहभागी कृषि मन्त्रीलाई हटाए

मुख्यमन्त्री सोडारीले प्रदेशसभा बैठकमा सहभागी कृषि मन्त्रीलाई हटाए

नेपालखबर
साउन १३, २०८१ आइतबार १८:३२, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।

प्रदेश सभा बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले मन्त्री थापालाई बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले बताए। 

सुदूरपश्चिममा आह्वान गरिएको विशेष अधिवेशनको ८ साउनको पहिलो बैठक र आइतबारको दोस्रो बैठकमा मन्त्री थापा सरकारकोतर्फबाट सहभागी भएकी थिइन्।

२० असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको सोडारी नेतृत्वको प्रदेश सरकार संसद छलेर बजेट ल्याउने तयारीमा छ। बजेट अधिवेशन अन्त्य गरेको अवस्थामा विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेको समावेदनपछि विशेष अधिवेशन आह्वान भएको थियो। 

विशेष अधिवेशनको दुई बैठकमा मुख्यमन्त्री सहित अन्य मन्त्री सहभागी भएनन्। प्रदेश सभा बैठकमा मन्त्री सहभागी नभए बैठक सञ्चालन हुँदैन।

तर सोडारीको रणनीति विपरित थापा संसद बैठकमा सहभागी भएपछि विशेष अधिवेशनको दुई बैठक चलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .