ad ad

राजनीति


एमाले–कांग्रेसले बाँडे राजदूत नियुक्ति, भारतमा कांग्रेस, अमेरिकामा एमालेको सिफारिस

एमाले–कांग्रेसले बाँडे राजदूत नियुक्ति, भारतमा कांग्रेस, अमेरिकामा एमालेको सिफारिस

नेपालखबर
साउन १०, २०८१ बिहिबार ९:२५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल भएका छन्। 

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको हो। दुवै दलका शीर्ष नेताहरूबीच चीन, रसिया, जापान र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने समझदारी भइसकेको छ। 

उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो।  

प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ। 

एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति सहजै बनेको उच्च स्रोतले जनाएको छ। सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ। 

दुई वटा छिमेकीमध्ये एमालेले चीन र कांग्रेसले भारतमा राजदूत सिफारिस गर्ने सहमति बनेको हो। लामो समयदेखि कांग्रेस र कम्युनिस्ट पार्टीहरूबीच सत्ता सहकार्य हुँदा चीनमा कम्युनिस्ट पार्टीको सिफारिसमा राजदूत नियुक्त हुँदै आएको छ। चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन्। नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ।

त्यस्तै रुसमा एकीकृत समाजवादी पार्टीको सिफारिसमा पठाइएका मिलनराज तुलाधर अहिले राजदूत छन्। हाल एकीकृत समाजवादी विपक्षमा रहेकाले राजदूत तुलाधरलाई पनि फिर्ता बोलाउने तयारी छ। सोही पार्टीको सिफारिसमा राजदूत बनाएर अस्ट्रेलिया पठाइएका कैलाश राज पोखरेललाई पनि फिर्ता बोलाइने छ। 

भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यसअघिकै सरकारले फिर्ता बोलाइसकेको छ। अमेरिकाबाट श्रीधर खत्री फर्किसकेका छन् भने १५ दिन म्याद थपिएका शंकर शर्मा पनि भारतबाट फर्किने क्रममा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .